17.7 C
Nepal
Thursday, September 24, 2020

अहिलेसम्म पनि लाइसेन्स नलिएकालाई आयो निकै खुसीको खबर, विस्तृतमा हेर्नुहोस् !

यातायात व्यवस्था विभागले ट्रायल पास गरेको एक साताभित्रै सवारी चालक अनुमति पत्र (स्मार्ट लाइसेन्स) दिन सक्ने बताएको छ । विभागले लकडानको अवधिमा विगत लामो समयदेखि प्रिन्ट हुन नसकेको लाइसेन्स छपाइएको काम सम्पन्न भएकाले उपत्यकाभित्र सातदेखि दस दिनभित्र स्मार्ट लाइसेन्स दिन सकिने बताएको हो ।

आठ वर्ष अघिबाट नेपालमा स्मार्ट लाइसेन्स छपाइएको काम अगाडि बढेको थियो । तर प्रिन्टले थोरै मात्र छपाइ गर्दा ट्रायल पास गरेको दुई वर्षसम्म लाइसेन्स नपाउने समस्या भोग्नुपर्ने अवस्था थियो ।

यातायात व्यवस्था विभागका महानिर्देशक गोगन हमालले स्मार्ट लाइसेन्स छपाइएको काम सम्पन्न भएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘बाँकी रहेको साढे नौ लाख स्मार्ट लाइसेन्स एक वर्षमा छाप्ने काम सम्पन्न भएको छ, अहिले छपाइएको काम नहुँदा मेसिन थन्क्याएर राखिएको छ ।’

उहाँका अनुसार आठ वर्षको अवधिमा देशभर गरेर २० लाख स्मार्ट लाइसेन्स प्रिन्ट भएको छ । नेपालमा झन्डै ३० लाख जनाले सवारी चालक अनुमतिपत्र लिएको विभागले बताएको छ । जसअन्तर्गत वैदेशिक रोजगारी जाने र अन्य कारणले गर्दा अब पाँच लाख लाइसेन्स मात्र स्मार्ट बनाउन बाँकी रहेको छ । ती लाइसेन्सलाई पनि स्मार्ट बनाउने प्रक्रिया अगाडि बढाइएको विभागले जनाएको छ ।

विभागले केही समयअगाडि खरिद गरेको मास प्रिन्टरले दैनिक करिब सात हजार स्मार्ट लाइसेन्स प्रिन्ट गर्दै आएको छ ।

विभागका महानिर्देशक हमालले भन्नुभयो– ‘विभागमा थन्किएका सबै स्मार्ट लाइसेन्स प्रिन्ट गरेर यातायात कार्यालयलाई पठाइसकेका छौं, दैनिक चार हजार स्मार्ट लाइसेन्स प्रिन्ट हुने अनुमान गरेका छौं, उपत्यकाभित्र सात दिन र उपत्यकाबाहिरका बढीमा एक महिनाभित्र स्मार्ट लाइसेन्स प्रिन्ट गरेर उपलब्ध गराउँछौं ।’  यो समाचार आजको नेपालसमाचारपत्र मा छापिएको छ । 

यता बिगत तिन हप्तादेखी जारी काठमाडौं उपत्यकाको निषेधाज्ञा केहि खुकुलो भएसंगै उपत्यकामा बिहानै देखी चहल–पहल सुरु भएको छ ।

उपत्यकामा गत भदौ ३ गते मध्यरातिदेखि जारी निषेधाज्ञा आजदेखि केही खुकुलो भएको हो । आज बिहानैदेखी सडकहरुमा मान्छेको आवत–जावत भएको छ । यस्तै जोरबिजोर प्रणाली लागू भएसँगै आज भदौ २५ गते बिहीबार बिजोर नम्बरका सवारीसाधन सञ्चालनमा आएका छन् ।

यसअघि बुधबारबारसम्म अत्यावश्यक बाहेकका सवारीसाधन मात्र चल्दा फाट्टफुट्ट मात्र सवारी साधन देखिएका सडकमा आज सवारी साधनको चाप बढेको देखिएको छ । जोर–बिजोरको नियम विपरित चलेका सवारीसाधनलाई सुरक्षाकर्मीले ठाउँ–ठाउँमा रोकेका छन् ।

आजैदेखि १६ सिटभन्दा माथिको सार्वजनिक सवारीसाधन पनि सञ्चालनमा आएका छन् । चालकसहित ३ जनासम्म चलाउन पाइने आदेश जारी भएपछि आजदेखि निर्वाधरूपमा ट्याक्सी सञ्चालनमा आएका छन् ।

आदेशअनुसार तरकारी, दुध तथा खाद्यवस्तुका पसलहरु बिहान ११ बजेसम्म र बेलुकी ५ देखि ७ बजेसम्म खोल्न पाइने व्यवस्था गरिएको छ ।

काठमाडौँ उपत्यकाका तीन वटै जिल्लाका प्रशासन कार्यालयहरूले बुधबार जारी गरेको आदेशमा फुटपाथ, ठेला, स्टेसनरी, इलेक्ट्रिक्सका पसल र डिपार्टमेन्टल स्टोरहरू बिहान ११ बजेसम्म खुला गर्न दिने निर्णय भएपछि त्यस्ता पसलहरू बिहानैदेखि खुलेका छन् ।

यस्ता पसलहरू बेलुकी ४ देखि ७ बजेसम्म खोल्न पाइने आदेश गरिएको छ । प्रशासनले यी निर्णयहरु भदौ ३१ गते मध्यरातिसम्म लागू हुने पनि जनाएको छ । यीबाहेकका पसल तथा व्यवसाय भने बिहीबार बाहेकका विभिन्न दिनमा खोल्न पाइने गरी तोकिएको छ । 

यस्तै कोभिड– १९ संक्रमित बिरामीको उपचार गर्न अस्पताल अभाव भएपछि सरकारले सबै स्थानीय तहलाई पाँच बेडको अस्थायी अस्पताल बनाउन पत्राचार गरेको छ । अस्पताल नभएका स्थानीय तहमा कम्तीमा तीन महिनाका लागि अस्थायी अस्पताल निर्माण गर्न बजेट पनि पठाएको छ । 

आइतबार बसेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष सञ्चालक समितिको बैठकले अस्पताल नभएका स्थानीय तहमा अस्पताल निर्माण गर्न बजेट पठाएको हो । अस्थायी अस्पताल निर्माणका लागि सरकारले कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट ६४ करोड ९० लाख रुपैयाँ पठाएको छ । कुनै पनि सरकारी अस्पतालको सेवा नपुगेका ६ सय ४९ वटा स्थानीय तहमा अस्पताल निर्माणका लागि कोषले बजेट पठाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

प्रदेश १ का एक सय १९, प्रदेश २ का एक सय २३, बागमती प्रदेशका एक सय तीन, गण्डकी प्रदेशका ७०, प्रदेश ५ का ९२, कर्णाली प्रदेशका ६६ र सुदूरपश्चिम प्रदेशका ७६ वटा स्थानीय तहमा अस्पताल छैनन् । ती सबै स्थानीय तहलाई अस्थायी अस्पताल निर्माणका लागि १०–१० लाख रुपैयाँका दरले बजेट निकासा गरिएको हो । 

समितिको निर्णयबमोजिम मन्त्रालयले स्थानीय तहलाई पत्राचार गर्दै कोभिड– १९ अस्थायी अस्पताल सञ्चालनसम्बन्धी मार्गदर्शन, २०७७ बमोजिम खर्च गरी प्रगति प्रतिवेदन पठाउन पत्रचार गरेको छ । अस्थायी अस्पताल निर्माणका लागि बजेट प्राप्त गर्नेमा काठमाडौं उपत्यकाकै १४ वटा नगरपालिका र तीन गाउँपालिका पनि छन् । मन्त्रालयले ती अस्पताल व्यवस्थापनमा प्रतिबेड दुई लाखका दरले खर्च गर्ने गरी सम्बन्धित स्थानीय तहलाई दश–दश लाख रुपैयाँ कोष तथा लेखा नियन्त्रण कार्यालयमार्फत निकासा भइसकेको जनाएको छ ।

मार्गदर्शनअनुसार स्थानीय तहमा रहेका आधारभूत स्वास्थ्य सेवा केन्द्र, स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्रका भवन, सामुदायिक भवन वा अस्थायी टहरा निर्माण गरेरसमेत तत्काल कोभिड– १९ को बिरामीको उपचारको व्यवस्थापन गर्नुपर्नेछ । निकासा भएको १० लाख रुपैयाँमध्ये स्थानीय तहले तीन महिनाका लागि पाँच बेडमा पाँच लाख र औषधिका लागि ५० हजार रुपैयाँ खर्च गर्न पाउनेछन् । त्यस्तै, एक चिकित्सक, दुई नर्स र एक कार्यालय सहयोगीका लागि पारिश्रमिकबापत चार लाख ५० हजार रुपैयाँ खर्च गर्न सक्नेछन् । यसबाहेक आवश्यक पर्ने रकम र व्यवस्थापन खर्च स्थानीय तहले आफ्नो कोषबाट खर्च गर्न मन्त्रालयले आग्रह गरेको छ । कार्य प्रगतिका आधारमा तीन महिनापछि थप बजेटसमेत पठाउने मन्त्रालयले आश्वासन दिएको छ । 

कोष सञ्चालक समितिले कोभिड– १९ को संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि ४० करोड रुपैयाँभन्दा बढी बजेट निकासा गरेको छ । कोषले १० वटा भेन्टिलेटरसहित १४ वटा आइसियू बेड स्थापना र व्यवस्थापनका लागि त्रिवि शिक्षण अस्पताललाई पाँच करोड ७५ लाख रुपैयाँ निकासा दिएको हो । 

यस्तै, भेन्टिलेटरसहित २० वटा आइसियू बेड स्थापनका लागि नेपाल प्रहरी अस्पताललाई आठ करोड ४० लाख, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीलाई कोभिडसँग सम्बन्धित उपकरण खरिद गर्न एक करोड निकासा गरेको छ । कोभिडसम्बन्धी अनुसन्धानका लागि स्वास्थ्य अनुसन्धान परिषद्लाई दुई करोड र पाँच भेन्टिलेटरसहित १४ वटा आइसियू बेड स्थापनाका लागि धुलिखेल अस्पताललाई दुई करोड ८५ लाख रुपैयाँ निकासा दिएको छ ।

कोषले चौरजहारी अस्पताल र दैलेख अस्पताललाई स्वास्थ्य उपकरण खरिद तथा ल्याब व्यवस्थापनका लागि प्रतिअस्पताल ५०–५० लाख रुपैयाँ दिएको छ । यस्तै, कोभिडका शंकास्पद तथा संक्रमित बिरामीको उपचारका लागि भरतपुर अस्पताललाई दुई करोड ३३ लाख, कान्ति बाल अस्पताललाई एक करोड ५५ लाख, राष्ट्रिय ट्रमा सेन्टरका लागि एक करोड ३५ लाख, भेरी अस्पताललाई एक करोड ६८ लाख र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ५७ लाख रुपैयाँ बजेट दिएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ । 

Related Articles

अहिलेसम्म पनि लाइसेन्स नलिएकालाई आयो निकै खुसीको खबर, विस्तृतमा हेर्नुहोस् !

यातायात व्यवस्था विभागले ट्रायल पास गरेको एक साताभित्रै सवारी चालक अनुमति पत्र (स्मार्ट लाइसेन्स) दिन सक्ने बताएको छ । विभागले लकडानको अवधिमा...

सर्प पालन एवं एन्टी स्नेक भेनम उत्पादन गर्न रु ७२ करोड अनुदान

सर्लाही, १७ भदौ: सर्लाहीको लालबन्दी नगरपालिका—६ मा स्थापना भएको ‘झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान’ले साढे ८ विघा जमिनमा विषालु सर्प पाल्ने भएको...

दक्षिण कोरियाको पानीजहाज बेपत्ता

काठमाडौं,२० चैत। दक्षिण कोरियाको एक मालबाहक पानीजहाज एटलान्टिक महासागरमा बेपत्ता भएको छ ।ब्राजिलबाट सामान बोकी दक्षिण कोरिया जाँदै गरेको पानीजहाजमा २४ जना...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Trending

अहिलेसम्म पनि लाइसेन्स नलिएकालाई आयो निकै खुसीको खबर, विस्तृतमा हेर्नुहोस् !

यातायात व्यवस्था विभागले ट्रायल पास गरेको एक साताभित्रै सवारी चालक अनुमति पत्र (स्मार्ट लाइसेन्स) दिन सक्ने बताएको छ । विभागले लकडानको अवधिमा...

अब जुनसुकै बैंकको एटीएमबाट पैसा निकाल्दा थप शुल्क नलाग्ने भएको छ

अब सँधैका लागि शुल्क नलिन राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले निर्देशन दिएको हो

दक्षिण कोरियाको पानीजहाज बेपत्ता

काठमाडौं,२० चैत। दक्षिण कोरियाको एक मालबाहक पानीजहाज एटलान्टिक महासागरमा बेपत्ता भएको छ ।ब्राजिलबाट सामान बोकी दक्षिण कोरिया जाँदै गरेको पानीजहाजमा २४ जना...

‘सामूहिक बलात्कार’ को भिडियो भाइरल

कलेज पढ्ने केटीलाई पाँच जना युवकले पाँच जना युवकले बलात्कार गर्छन् । उनीहरुले बलात्कारको दृश्य खिचेका हुन्छन् । कलिली...

सर्प पालन एवं एन्टी स्नेक भेनम उत्पादन गर्न रु ७२ करोड अनुदान

सर्लाही, १७ भदौ: सर्लाहीको लालबन्दी नगरपालिका—६ मा स्थापना भएको ‘झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान’ले साढे ८ विघा जमिनमा विषालु सर्प पाल्ने भएको...

Latest

अहिलेसम्म पनि लाइसेन्स नलिएकालाई आयो निकै खुसीको खबर, विस्तृतमा हेर्नुहोस् !

यातायात व्यवस्था विभागले ट्रायल पास गरेको एक साताभित्रै सवारी चालक अनुमति पत्र (स्मार्ट लाइसेन्स) दिन सक्ने बताएको छ । विभागले लकडानको अवधिमा...

सर्प पालन एवं एन्टी स्नेक भेनम उत्पादन गर्न रु ७२ करोड अनुदान

सर्लाही, १७ भदौ: सर्लाहीको लालबन्दी नगरपालिका—६ मा स्थापना भएको ‘झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान’ले साढे ८ विघा जमिनमा विषालु सर्प पाल्ने भएको...

दक्षिण कोरियाको पानीजहाज बेपत्ता

काठमाडौं,२० चैत। दक्षिण कोरियाको एक मालबाहक पानीजहाज एटलान्टिक महासागरमा बेपत्ता भएको छ ।ब्राजिलबाट सामान बोकी दक्षिण कोरिया जाँदै गरेको पानीजहाजमा २४ जना...

पूर्व प्रेमिकाको हत्या गरी आत्महत्या गर्ने प्रेमपागल डाक्टर

एक व्यक्तिले पूर्व प्रेमिकाको हत्या गरीे सुटकेशमा कोचेर कारमा राखिदिए । हत्यापछि आफ्नो कारलाई द्रुत गतिमा चलाएर दुर्घटना गराएर आत्महत्या गरे ।...

‘सामूहिक बलात्कार’ को भिडियो भाइरल

कलेज पढ्ने केटीलाई पाँच जना युवकले पाँच जना युवकले बलात्कार गर्छन् । उनीहरुले बलात्कारको दृश्य खिचेका हुन्छन् । कलिली...